अनलाईन न्युजपाटी, बिरगंज,समाचारदाता,कार्तिक ४ गते।
भारतबाट अवैध रुपमा चिनी ल्याएर नेपाली उद्योगको ‘ट्याग’ भएको बोरामा प्याक गरेर बिक्री गर्ने गिरोहका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका २५ बस्ने दिनेश पाण्डे र रमेश तिवारी छन् ।पक्राउ परेका पाण्डे र तिवारीले चाडपर्वको मौकामा भारतबाट भन्सार छलेर नेपाल ल्याइएको अवैध चिनी कलैया ६ स्थित पाण्डेकी श्रीमती ईन्दु कुमारी तिवारीको नाममा दर्ता जय हनुमान ट्रेडर्स प्रा.लि.को गोदाममा राखेर बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा.लिको ट्याग भएको बोरामा प्याक गरेर बेचबिखन गर्दै आएका प्रहरीले जनाएको छ ।