आदिवासी जनजातीहरु संविधानको विरोधमा आन्दोलनका कार्यक्रमहरु नै घोषणा गर्ने तयारीमा

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता भदौ २५  गते ।  

संविधान जारी भएको दिन असोज ३ गतेलाई सरकारले हर्सोल्लासका साथ मनाउने तयारी गरिरहेका बेला आदिवासी जनजातीहरुले भने सो दिनलाई ‘कालो’ दिनका रुपमा मनाउने भएका छन् । साथै उनीहरुले संविधानको विरोधमा आन्दोलनका कार्यक्रमहरु नै घोषणा गर्ने तयारी गरेका छन् । आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरुले संविधानप्रति असहमति जनाउदै असोज ३ लाई कालो दिनका रुपमा मनाउन लागेको बताएका छन् । विरोधमा बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको आदिवासी जनजाती संघ संगठनहरुले जनाएका छन् । आदिवासी जनजातीहरुले संयुक्त रुपमा असोज ३ लाई कालो दिनका रुपमा मनाउन लागेको आदिबासी जनजाती महासंघका अध्यक्ष जगत बरामले बताए । ‘विभेदकारी संविधान जारी भएको दिन असोज ३ लाई आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिलालगायत सम्पूर्ण बहिष्कृत–सीमान्तकृत जाति समुदायमाथि धोकाधडी, षड्यन्त्र, जालसाजी र विभेद भएको दिनको रुपमा लिएको स्पष्ट छ तसर्थ, ‘असोज तीन, कालो दिन’को रुपमा लिएका छौ’ बरामले भने । उनले असोज ३ लाई केन्द्रीत गरेर आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिने पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *