अनलाईन न्युजपाटी,कंचनपुर ,समाचारदाता भदौ २७ गते ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा नगरपालिका–७ का वडाध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ । सिंहको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी अज्ञात समूहले गए राति करिब १०:०० आगजनी गरेको हो ।इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिए । “मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ”, प्रहरी निरीक्षक साउदले भने, “आगजनी गर्ने समूहको व्यापक खोजी हुँदैछ ।”