कञ्चनपुरमा सुरु भो देउडा प्रतियोगिता

अनलाईन न्युजपाटी ,समाचारदाता, भदौ ९  गते ।

सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका अवसरमा आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा महिला देउडा प्रतियोगिता सुरु भएको छ ।यहाँबाट प्रसारित रेडियो महाकालीको आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको हुक्काचिलिम महिला देउडा प्रतियोगितामा जिल्लाका यस पटक छ वटा महिला समूहले भाग लिएका छन् । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । रेडियो महाकालीबाट प्रसारण हुने हुक्काचिलिम कार्यक्रमकै नामबाट थालिएको देउडा प्रतियोगिताले यहाँको कला, संस्कृति र पहिरनको संरक्षणमा टेवा पुगेको हुक्काचिलिम कार्यक्रम प्रस्तोता ओमप्रकाश ओझाले बताए ।उनले प्रतियोगितामा विजयी टिमलाई नगदसहित सम्मान गरिने बताए । गौरापर्वलाई मध्यनजर गर्दै यहाँको खुल्लामञ्जमा आयोजना गरिएको देउडा प्रतियोगितामा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको छ । देउडा खेलगौराको मुख्य आकर्षणका रुपमा रहेको बताउँदै ओझाले सुदूरपश्चिमको कला, संस्कृति जर्गेना गर्न सबैले हातेमालो गर्नु  आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *