५० प्रतिशत छुट हवाई भाडामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई

अनलाईन न्युजपाटी , काठमाडौँ, समाचारदाता, भदौ ९  गते ।

पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् ।उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय भनेर सम्बोधन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *