फरार रहेका २० लाख ठगी गर्ने इटहरीका बिष्णु पक्राउ

अनलाईन न्युजपाटी,इटहरी समाचारदाता,फाल्गुन  ०२ गते।

तपाईले कसैलाई पैसा नभएको चेक दिनु भएको छ ? पटक पटक खातामा पैसा नभएको बैंकको जवाफले हैरान हुनुहुन्छ भने चनाखो बन्नुस् । पछिल्लो समय चेकबाट ठगी धन्दा बढेको भन्दै प्रहरीले धमाधम पक्राउ गर्ने थालेको छ । चेक वाउन्स गरि ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले, इटहरी वडा न २० तरहराका बिष्णुप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । चेक वाउन्स गरि इटहरीका कैलाश लिम्बुलाई ठगी गरेको भन्दै अधिकारीलाई इटहरीले प्रहरीले पक्राउ गरेको हो ।

इटहरीका कैलाश लिम्बुलाई २० लाख रुपैया ठगेको भन्दै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । पक्राउ गरि ठगी ऐन अन्तरगत मुद्धा चलाईएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

चेक बाउन्स भनेको के हो ?

खातामा पैसा नभएको अवस्थामा चेक काट्दै सर्वसाधारण ठग्ने गरेका छन । पछिल्लो समयमा चेक बाउन्सको घट्ना अत्याधिक भएको छ । अहिले ठगीको सजिलो माध्यम चेक बनेको छ। ठगले लेनदेन मिलाउन चेक दिन्छन्। बैंकमा पुगेर साट्न खोज्दा खातामा रकम नभएपछि चेक बाउन्स अर्थात् (” बैंकमा खातावालाको ब्यालेन्स नहुनु “) हुन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *