ढल्केवरबाट लागुऔषधसहित एकजना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन १ गते।

ढल्केवरबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ६ बस्ने मनिसकुमार महतो छन् ।बुधबार साँझ ईलाका प्रहरी कार्यालय ढल्केवरले चेकजाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।पक्राउ परेका महतोको साथबाट एक्स्प्लोन नामक लागुऔषध ४३ बोतल र नाइट्रोभेट टेन १० पता सहित पक्राउ गरेको ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताए ।पक्राउ परेका महतोमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *