कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदादाता,फागुन १ गते।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरीबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८७१९ नम्बरको बस र म१प १७६४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ४५ वर्षीय पदम चौधरीको मृत्यु भएको हो।बिहिबार बिहान ७ बजे जिल्लाको लालझाडी गाउँपालिका– ६ चान्देव बजार नजिककै उक्त दुर्घटना हुँदा ढक्का शिविर बस्ने चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्र पौडेलले बताए।अहिले बस र बसचालक लक्ष्मण सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *