अनलाईन न्युजपाटी, बुटवल समाचारदाता,फाल्गुन ०२ गते।
नवलपुरबाट टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली २ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालयबाट पक्राउ गरेको हो । दुबै जनालाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।