अनलाईन न्युजपाटी,वीरगंज ,समाचारदाता,फाल्गुन १५गते।
पर्सामा सेलर मिलको फित्तामा बेरिएर बिहीबार एक महिलाको मृत्यु भएको छ । सोहि ठाउँ निवासी रामनायण ठाकुरकी ४२ वर्षिय श्रीमती ललिता देबी ठाकुरको सेलर मिलका पाटामा बेरियर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा बिहान करिब १०:१५ बजेको समयमा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।