अब प्रतिलिटर पेट्रोल र डिजेलमा पूर्वाधार विकास कर १० रुपैयाँ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, फाल्गुन १५गते।

आर्थिक वर्ष २०७३/७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।

सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर दोब्बर दरले बढाएको छ ।मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अब पेट्रोल र डिजेलमा १० रुपैयाँ कर लिइनेछ । यसअघि ५ रुपैयाँ लिने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *