महासचिव सिपी मैनाली चढेको कार दुर्घटना

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदादाता,फागुन १५ गते।

पूर्व उपप्रधान मन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार दुर्घटना भएको छ । बिहीबार दिउँसो महोतरीको बर्दीबास नगरपालिका वडा नं ३ कालापानीमा सिपी मैनाली र उनका परिवार सवार कार दुर्घटना भएको हो ।झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यान एकआपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दीबासका डिएसपी राजन चापागाइँले जानकारी दिए । कारमा मैनालीका छोरा बुहारी तथा नाती पनि थिए । कारमा सिपी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पिएन् मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए ।  सिपी मैनालीको खुटा भाँचिएको, निधार र अनुहारमा चोट लागेको छ । बुहारी पूजाको दुबै खुटा भाँचिएको र अरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *