अनलाईन न्युजपाटी,महोत्तरी ,समाचारदाता,फाल्गुन २२ गते।
प्रहरीले बिशेष सुराकीको आधारमा बुधवार दिउसो करिब २ बजे औरही प्रहरी चौकीबाट खटिएको प्रहरीटोलीले औरही नगरपालिका वडा नम्बर १ स्थित छठु महराको आँपघारीमा लुकाएर संचालित भठ्ठी नष्ट गरिएको हो । महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर १ औरही बजार बाट करिब एक किलो टाढा जंगहा खोलाको डिलमा अबैधरुपमा संचालन गरेको मदिरा भट्टी ९०० सय लिटर मदिरा नष्ट गरिएको छ ।
आँपघारीमा तयारी अवस्थामा राखिएको ५ वटा ठुलो ड्रममा कच्चा पदार्थ साथै मदिरा बनाउने मेसिन समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।
घरेलु मदिरा सेवनले विभिन्न स्थानमा ज्यान जान थालेपछि तथा समाजमा अपराधिक गतिवीधी बढ्दै गएको भन्दै महोत्तरी प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाई गरेको प्रहरीले जनाएका छन ।