अनलाईन न्युजपाटी,कपिलवस्तु ,समाचारदाता,फाल्गुन २२ गते।
कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ ।
प्रहरीका ती गाडीहरु अनुसार विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको छ ।
हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका हुन् । आगजनी कसले गर्यो भन्ने खुलेको छैन । अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।
सडक निर्माणमा खटिएका कामदारहरुलाई राति करिब १ बजे कोठाभित्रै थुनेर अज्ञात समूहले गाडीहरुमा आगजनी गरेको कामदारहरुलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिए । आगजनीका कारण सबै गाडीहरु जलेर पूर्णरुपमा नष्ट भएका छन् । कृष्णनगरबाट आएको दमकलले आगो निभाएको थियो ।