भारतबाट कुनै चेक जाच नगरी धरान लैजादै गरेको ठुलो मात्रामा ब्रोईलर कुखुरा पक्राउ

अनलाईन न्युजपाटी,ईटहरी,समाचारदाता,फाल्गुन २२ गते।

कुनै चेक जाच नगरी भारतबाट भन्सार छलि गरेर धरान लैजादै गरेको  ठुलो मात्रामा ब्रोईलर कुखुरा बुधवार पक्राउ परेको छ ।

ईटहरी उपमहानगरपालिका वडा न. ६ स्थित ईटहरी-धरान सडक खण्डमा धरान उपमहानगरपालिका वडा न. १७ वस्ने सरल कुमार राईले को २ च ३४३१ नम्बरको वोलेरो पिकअप भेनमा भारतवाट चोरी पैठारी गरी ६ सय १० वटा जिउदो ब्रोईलर कुखुरा इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो ।

पोल्टि फर्म तथा मासु व्यबसायी समेतको रोहबरमा बरामद भएका ती कुखुराहरु नष्ट गरी चालक सहित कुखुरा चोरी पैठारी गर्न प्रयोग गरिएको बोलेरो गाडी आवश्यक कारबाहिको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धु, कोशी ब्यारेज पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *