शहीद शुक्रराज ट्रपिकल अस्पतालबाट कोरोनाको शंकास्पद बिरामी भागेर बिराटनगर पुगे

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन २२ गते।

सामान्य घाटीमा समस्या भएको र कोरोनाको डर मनमा अत्याधिक भएकाले पछिल्ला केही दिनयता निरन्तर अस्पताल धाइरहेको कोरोना भाइरस आशंका गरिएका एकजना युवक टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेर बिराटनगर पुगेका छन्। दक्षिण कोरिया बाट फर्केका एक युवा कोरोनाको आश‌कामा शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । तर अस्पतालले बनाएको आइसोलेसन वार्डमा बस्‍न नमानेर चिकित्सकलाई छक्याउँदै भागे र उनी जहाज चढेर बिराटनगर पुगेको छ। उनी बिहीबार बिहानको उडानबाट बिराटनगर पुगेको अस्पताल स्रोतले जनाएको छ। उनलाई सामान्य स्वास्थ्य जाँच गरेर आइसोलेसनमा राख्‍न खोजिएको थियो। कोरोना शंका गरिएका व्यक्ति चिकित्सकलाई छलेर भाग्‍नु गम्भीर गल्ती भएको हो र गल्तीले गम्भीर संकट निम्याउने सम्भावना बढी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *