नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन ७  गते।

सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाला सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ ।

हिजो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १३ सय रुपैयाँ बढेको हो ।  यस्तै चाँदीको भाउ आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजकले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *