आज कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन ७  गते

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *