सुनको भाउले आज फेरि बनाए नया रेकर्ड

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १४ गते

नेपाली बजारमा सुनको भाउ बुधबार पनि बढेको छ ।  बुधबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ६५ रुपैयाँ पुगेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ भने घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *