अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १४ गते
जिल्लाको सोताङबाट १४ लाख रुपैयाँभन्दा बढी नगदसहित ४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बुको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाख रुपैयाँको चेकसमेत बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ ।