अरुण तेस्रो जलविद्युत परियोजनाको सुरक्षार्थ सशस्त्र प्रहरी परिचालन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन २ गते।  

९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरक्षार्थ सशस्त्र प्रहरी परिचालन गरिएको छ। परियोजनामा आगजनी र बम विष्फोटका घटना बढेको भन्दै सुरक्षार्थ ६५ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो। पछिल्लो समय अरुण तेस्रो परियोजनामा आगजनी र बम विष्फोटको घटना बढेपछि सुरक्षाका लागि सशस्त्र परिचालन गरिएको अरुण गुल्म चैनपुरका प्रमुख डिएसपी बासुदेव महतले जानकारी दिए। अरुण तेस्रोको सुरक्षाका लागि अरुण गुल्म चैनपुरबाट ६५ जना सशस्त्र प्रहरी परिचालन गरिएको डिएसपी महतले बताए। माघ २९ गतेबाट सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए। अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका दिदिङको पुखुवा, केराबारी, मकालुगाउँपालिकाको ड्याम साइड फ्याक्सिदा, आमराङ, सोलाखानी र खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित कार्यालयमा सशस्त्र प्रहरी परिचालन गरिएको हो। सशस्त्रले अरुण तेस्रोको सुरक्षमा आवश्यकताअनुसार थप गर्दै जाने बताएको छ। अरुण तेस्रोको सुरक्षमा यसअघि ३५ जना नेपाल प्रहरीले सुरक्षा दिइरहेका थिए। भारतीय निर्माण कम्पनी सतलजले अरुण तेस्रो सुरक्षामा १५८ सशस्त्र प्रहरी माग गरेको थियो। विद्युत् गृहस्थल पुखुवा र अरुण तेस्रोको कार्यालय तुम्लिङटारमा नेत्र विप्लव चन्द नेतृत्वको नेकपा समूहले पटक-पटक बम विष्फोट गराएका थिए। अज्ञात समूहले केही समयअघि अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवामा सुरुङ खन्न राखेको बुमरमा प्रेसर कुकर बम विष्फोट गराउदाँ बुमरमा क्षति पुगेको थियो। अरुण तेस्रो परियोजनाको ड्याम साइड फ्याक्सिदामा जय प्रकास एसोसियटस र विद्युत गृहस्थल दिदिङमा पट्टेल इन्जिनियरिङ कम्पनीले कामको जिम्मा लिएका छन्। पाँच वर्षमा निर्माण सम्पन्‍न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९ सय मेगावट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब खर्च अनुमान गरिएको छ। प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ। आयोजनाले दुई सय ६९ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ। यस आयोजनाबाट नेपालले २५ वर्षमा ३ सय ४० अर्ब रोयल्टी, निःशुल्क विजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त बताइएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *