अनलाईन न्युजपाटी,इटहरी,समाचारदादाता,फागुन ३ गते।
सुन्दरहरैचा-८ सलकपुर स्थित पुर्ब पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।को.३७ प.१७ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको को.३४ प.६६०२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर लागी दुर्घट्ना हुँदा सुन्दरहरैचाका बिशाल खत्री र अर्पण गुरागाइको घट्ना स्थलमै मृत्यु भएको हो ।दुर्घट्नामा सुन्दरहरैचाको प्रदिप थापा र चैनपुरका लक्ष्मण खत्री गम्भिर घाईते बिराट नर्सीङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।