ट्याङकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ३ गते।

ट्याङकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। काठमाण्डौको स्वयम्भू, भगवानपाउमा शुक्रबार राति बा ३ ख ५१३४ नम्बरको ट्याङकर, प्रदेश ३ ०२००४ प ११५१ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा काठमाण्डौको चन्द्रागिरी नगरपालिका–३ का साइरस गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका गिरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल पछाडि बसेका काभ्रेको भुम्लु गाउँपालिकाका प्रज्वल ठकुरीको ग्राण्डी अस्पताल धापासीमा उपचार भैरहेको छ। ट्याङकर चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *