प्रदेश सरकारको राहत कोषमा महालक्ष्मी विकाश बैंक लि द्धारा ४ लाख सहयोग

अनलाईन न्युजपाटी जनकपुरधाम ,समाचारदाता, बैशाख ०७  गते।

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा महालक्ष्मी विकाश बैंक लि. ले चार लाख रुपैया सहयोग गरेको छ । जनकपुरधाममा स्थित बैंकको शाखा कार्यालयका प्रबन्धक रबिन्द्र कुमार मिश्रले आज एक कार्यक्रम बीच चार लाख बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा महालक्ष्मी विकाश बैंक लि. जनकपुरधाम शाखाका कर्मचारीहरु  बिपिन कुमार झा, चन्दन कुमार झा र सुनिल यादवको उपस्थित थियो  ।

यस महालक्ष्मी विकाश बैंक ले सामाजिक उत्तरदाईत्वको बहन गर्दै आएको छ र आगामी दिनहरु मा पनि सामाजिक कार्यहरुमा योगदान दिने प्रतिवध्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *