आजबाट देश भरका सबै मालपोत कार्यालय खुल्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २५ गते

आज बाट देशभरका मालपोत कार्यालयहरू खुल्‍ने भएका छन्। कोरोना भाइरस संक्रमणको जोखिम फैलिन नदिन लागू गरिएको लकडाउनका कारण ११ चैतदेखि बन्द भएका मालपोत कार्यालय साढे दुई महीनापछि सञ्‍चालन गरिने भएको हो।

मालपोत कार्यालय बन्द हुँदा जग्गा र यसको कारोवारको क्रममा हुने राजस्व संकलन समेत प्रभावित भएको थियो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचनामार्फत आजदेखि सेवा पुनः सञ्चालन गर्न देशभरका मालपोत कार्यालयलाई निर्देशन दिएको छ। विभागका अनुसार सेवाग्राहीको अनुरोधलाई स्वीकार गर्दै मालपोत कार्यालय खोल्न लागिएको हो। ती कार्यालयहरूले आवश्यक स्वास्थ तथा सुरक्षाका सावधानी अपनाएर सेवा सञ्चालन गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *