सांसद प्रभु साहको अकुत संम्पती छानविन गर्न राज्य मन्त्री योगेन्द्र यादवको माग

अनलाईन न्युजपाटी रौतहट,समाचारदाता, जेठ २४ गते

प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आफूमाथि अनियमितता सम्बन्धी लगाएको आरोप प्रमाणित गरेर देखाउन सांसद प्रभु साहलाई चुनौती दिएका छन् ।

पूर्व मन्त्री एवं रौतहट निर्वाचन क्षेत्र नं ३ का सांसद प्रभु साहले हिजो मात्रै विश्व यतिखेर कोरोना महामारीले संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा प्रदेश २ सरकारका कृषि मन्त्रालय र कृषि मन्त्रीहरु व्यापक अनियमितता गर्न लागेको भनी आरोप लगाएका थिए ।

प्रभु साहले आरोप लगाएपछि भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज प्रेस विज्ञप्ति निकालेर आफ्ना मन्त्रालय माथि लगाएको आरोप प्रमाणित गरेर देखाउन संघीय सांसद प्रभु साहलाई खुल्ला चुनौती दिएका छन् ।

तत्कालीन समाजवादी युवा संघ का केन्द्रीय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री यादवले प्रदेश सरकारको एकपछि अर्का उदाहरणीय काम देखेर मानसिक रूपमा विचलित भई प्रभु साह आफूमाथि गलत, भ्रामक, कपो कल्पित एवं झूठा आरोप लगाई जनतामा ब्रह्म फैलाइएको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *