भारतबाट लुकीछिपी आउनेजाने क्रम नरोकिए पछि ३ नगरपालिकाले सीमानाकामा म्यादी प्रहरी परिचालन गर्ने

अनलाईन न्युजपाटी विराटनगर,समाचारदाता, जेठ ६ गते

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि नेपाल-भारत सीमा बन्द गरिएको भए पनि लुकीछिपी आउनेजाने क्रम रोकिएको छैन। नेपालका विभिन्न जिल्लामा भारतबाट आएका व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाले मानिसहरूको अनियन्त्रित आवागमन रोक्न भनेर मोरङ्गको दक्षिणी सीमावर्ती तीनवटा नगरपालिकाले अब सीमानाकामा म्यादी प्रहरी परिचालन गर्ने तयारी गरेका छन्।

सीमामा खटिएका सुरक्षाकर्मीलाई सघाउने उद्देश्यले सुरुमा तीन महिनाका लागि करारमा म्यादी प्रहरी भर्ना गर्न लागिएको रतुवामाई नगरपालिकाले जानकारी दिएका छन्। रतुवामाई, सुनवर्षी र रङ्गेली नगरपालिकाका जनप्रतिनिधिसहित कोरोनाभाइरस नियन्त्रण नगरस्तरीय कार्यदलको हालै बसेको बैठकले प्रत्येक नगरपालिकाले २३ जना म्यादी प्रहरी नियुक्ति गर्ने निर्णय गरेको थियो। रतुवामाई नगरपालिकाले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया थालिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *