अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ६ गते
नेपालमा कोरोना भाइरसबाट थप २७ संक्रमित भएका छन् । योसँगै संक्रमितहरुको संख्या ४०२पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो । आज नया संक्रमितहरुको २७ जना को उमेर समुह १७ देखि ४२बर्षको छ। आज नया संक्रमितहरुमा २४ पुरुष ३ महिला हुन।
थप संक्रमितहरुमा झापाबाट ९ जना, मोरंग बाट १ जना, सुनसरी बाट १ जना, सर्लाही बाट २ जना, काठमाडौँ बाट ३ जना, भक्तपुर बाट १ जना,मकवानपुर बाट १ जना रामेछाप बाट १ जना, ललितपुर बाट १ जना, सिन्धुली बाट १, जना लम्जुङ्ग बाट १जना, कपिलबस्तु बाट ४ जना, र नवलपरासी बाट ४ जना गरि २७ जना हुन। योसँगै संक्रमितहरुको संख्या ४०२पुगेको छ । जसमा पुरुष ३४० र ६२ महिलाहरु छन् ।