बोडर सिल भएपनि ग्रामिण भेगका सशस्त्र र प्रहरी चौकीको इन्चार्जहरु को मिलोमतोमा ब्यापक रुपमा तस्करी शुरु

अनलाईन न्युजपाटी  कृष्णा यादब, बीरगन्ज समाचारदाता जेठ ६ गते

नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक पचास लाख रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले पर्साको जानकीटोला , भिखमपुर , भिस्वा  , अमरपट्टी नाकाहरुबाट ब्यापक रुपमा तस्करीको समानहरु बोडर सिल भएपनि छिमेकी मुलुक भारतबाट नेपाल भित्रयाउने गरेका छन ।

पर्सा जिल्लाको नेपाल भारतको सिमामा पर्नै सशस्त्र प्रहरी बि ओपी र नेपाल प्रहरी चौकीका इन्चार्जहरु को मिलोमतो अवैध रुपमा लत्ता कपडा, सुर्ती, रजनीगंधा, पानपराग, रांगा भैसी लगायतका सामानहरु दुबै देशमा लकडाउन भएपनि अहिले ब्यापक रुपमा तस्करी फष्टाएको छ।

लकडाउनको बेलामा पनि पर्सा जिल्लाको सिमानाका को छेउमा रहेको सशस्त्र प्रहरी बि ओपी र नेपाल प्रहरीको चौकी इन्चार्जहरुको कारणले नै सशस्त्र  प्रहरी र नेपाल प्रहरीको पुरा संगठननै बदनाम हुने गरेको छ।  । यस कार्य प्रती सम्बन्धीत निकायको ध्यान जान यती आवशयक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *