अनलाईन न्युजपाटी सन्जु छत्कुली वीरगंज समाचारदाता, असार १८ गते
द्श लाख रुपैयाँसहित एक जनालाई रौतहटबाट पक्राउ गरेको छ । पक्राउ परेको उक्त रुपैयाँ को स्रोत नखुलेको प्रदेश २ का प्रदेश प्रहरी प्रमुख धिरज प्रताप सिंहले जनाएका छन। बुधबार साझ गौर–२ महादेवपट्टिबाट १० गौर–२ का २३ वर्षीय अविनाश गुप्ता लाई पक्राउ गरेको छ ।

विशेष सुचनाको अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल जाँच गर्दा सो मोटरसाइकलको बायाँ पट्टी लुकाई लेगगार्डमा झुण्डयाएको नाइलनको झोलाभित्र १० लाख नगद पक्राउ परेको प्रदेश प्रहरीलेकार्यालयले जनाएको छ ।
प्रदेश प्रहरीका प्रमुख धिरज प्रताप सिंह्को नेतृत्वले यस अघि पनि अबैध रकम पक्राउ गरेको थियो।
पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयलको नियन्त्रणमा राखिएको छ।
लकडाउनको मौका छोपी नेपालको विभिन्न नाका हुँदै अबैध रुपैयाँ नेपाल भित्रीने गरेको सुचना आएपछी प्रदेश प्रहरीले चेक जाचमा कडाइ गरि धमाधम अबैध समान पक्राउ पर्न थालेको प्रदेश कर्यालयले जनाएको छ।