मानव सेवा आश्रममा जि पि कोईराला फाउन्डेसन पर्सा द्धारा आज दिवाखाजा र राहत बिततण

अनलाईन न्युजपाटी सन्जु छत्कुली वीरगंज समाचारदाता, असार १८ गते

जी.पी कोईराला फाउण्डेशन पर्साले कोईरालाको जन्मोत्सवको अवसरमा तीन दिवशिय र्कायक्रमको घोषणा गरेको छ । स्वर्गिय गिरिजा प्रसाद कोईराला को ९६ औं जन्म जयन्तिको अवसरमा पहिलो दिन मानव सेवा आश्रम्माआज दिवा खानार राहत सवरुप आप, चामल र मिठाई आश्रम्मा बितरण गरिएको छ।

पहिलो दिनको र्कायक्रममा मानव सेवा आश्रममा औपचारिक र्कायक्रमलाई सम्बोधन गर्दै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईरालाको योगदान स्मरणिय रहको बताए । जी.पी फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गिरीजा प्रसाद कोईरालाको राजनितिक चेतना अहिले पनि उतिकै सान्दर्भिक रहेको जिकिर गरेका थिए ।

फाउण्डेशन पर्साले आयोजना गरेको पहिलो दिनको औपचारिक कार्यक्रमको सभापतित्व मोहम्मद सहाबुदिनले गरेका थिए । र्कायक्रममा फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह,सह सचिव मिन्टु देवि सिहं, सदस्य द्धय प्रिति सिह,जितेन्द्र सिंह,बाबु नन्द प्रसाद पटेल,फाउण्डेशन पर्साका वीरगंज नगर सभापति आकास चौहान,नेपाली काग्रेसका बुथ सभापति शेख निजामुदिन,प्रेस युनियन पर्साका सचिव किशार सिंह,फाउण्डेशन ईकाइ समिति वडा नं ३ का अध्यक्ष सदिंप केवटको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघोषण फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *