नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १८ गते।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।

बैठक चलिरहेका बेला मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठक रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *