सांसद मोहम्मद अफताव आलम प्रकरणमा थप एक जना प्रतिवादी पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम , समाचारदाता,असार १९  गते।

रौतहटमा इँटा उद्योगमा जिउँदै मान्छे जलाएको १३ वर्षअघिको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रौतहटको राजपुरमा बम बनाउने क्रममा भएको बम विस्फोटनमा परि मृत्यु र घाइते भएकाहरुलाई ईटा भट्टामा हालेर हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका आलमका सहयोगी राजपुर नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीय शेष सराज पक्राउ परेका हुन् ।

राजपुर नगरपालिका– ६ का ३४ बर्षीय शेष सरोज भनिने शेष सराजलाई बिहीबार बाराको सिम्रौनगढ नगरपालिकाको नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

सराजलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा पेश गरिएको छ ।उक्त घटनाको मुख्य योजनाकार मानिएका कांग्रेस नेता आलम अदालतको आदेशमा हाल पुर्पक्षका लागि थुनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *