अनलाईन न्युजपाटी,बुटवल, समाचारदाता,असार १९ गते।
गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ । बिहीबार राति ११ बजेदेखि आएको वर्षाले पहिरो जाँदा मुसिकोट वडा नम्बर २ का भागीरथ घिमिरे पुरिएका हुन्।
वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्रीका अनुसार राति गएको पहिरोमा अन्दाजी ६० बर्षका घिमिरे पुरिएका हुन्। ढाँडको कालिका निमाविको भवन पहिरोले भत्काएको छ ।
अविरल वर्षासँगै आएको पहिरोका कारण बाटाघाटा अवरुद्ध छन् । बाटो अवरुद्ध हुँदा आवत–जावत गर्न कठिनाइ भएको छ ।