अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार १९ गते
आज गण्डकी प्रदेशमाथप ३२ जनामा कोरोना पोजेटिभ देखिए संगै कुल संक्रमितको संख्या १०६३ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ४ जिल्लाका थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेका छन् ।