सबल नेपाल सप्तरी द्धारा स्वास्थ सामग्री सहयोग

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, असार २७ गते

 नेपालमा बन्दाबन्दी भएको चार महिमा हुन लागयो। नेपालमा कोरोना दिन प्रतिदिन बढदै गई रहेको छ। यो भाईरस एक ब्यक्तीबाट अर्को ब्यक्तीमा न सरोस भने उदेश्यले नेपाल सरकार चैत ११ गते देखी देश ब्यापी रुपमा लकडाउनको घोषणा गरियो ।

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोविड १९ को रोकथाम तथा नियन्त्रणका लागी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीको सुरुङ्गा नगर पालिका भित्र रहेका ईलाका प्रहरी कार्यालय कडरबोना शस्त्रबल बेस क्याम्प कुसहामा स्वास्थ सामाग्रीहरु वितरण गरेका छन् ।

यस्तो महामारीको समयमा हामी ज्यानको प्रवाह नगरी नेपाल प्रहरी र शस्त्र प्रहरीले गाउँ गाउँमा सुरक्षामा खटिरहेको जनपथ  प्रहरी कडरबाेना सप्तरीका इन्चार्ज तथा ईन्स्पेकटर राम राजा केसरीले बताए । यस्तो बिपतका घडीमा हामीलाई सहयोग गर्ने संस्थालाई धन्यवाद समेत दिन चाहन्छु । अर्का शस्त्रका इन्स्पेकटर अपार प्याकुरेलले भने मानव सेवा नै सबैभन्दा ठुलो सेवा हो ।  यो परिस्थितीमा सबैको सहयोग चाहिन्छ ।

सहयोग गरेको सामग्रीहरुमा, हयान्ड सेनिटाइजर ५०० सय ग्रामको १० पिस, सर्जिकल ग्लोबस १० प्याकेट ५०० सय जोडी, सर्जिकल माक्स २०० सय पिस , k 95 माक्स २०० सय पिस लगायतका स्वास्थ सामग्रीहरु सहयोग गरेको सबल नेपालका  फिल्ड अधिकृत राधेश्याम रामले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *