अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, असार २६ गते।
नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर ४ को एकाई अध्यक्ष यादबले आज एक प्रेस बिज्ञप्ति मार्फत जगरनाथपुरबाट नेपाली काग्रेसका साधारण सदस्यहरु समेत कुनै कतै पार्टी प्रवेश नगरेको बताएका छन्।
पर्सा क्षेत्र नं. ४ को “क” का इकाई समिति अध्यक्ष श्रिकान्त यादवले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै जेठ २३ गतेका दिन जगरनाथपुर गाउँपालिकाको वार्ड नं. ६ औराहाभन्ने ठाउँमा केही व्यक्तिहरुको जमात खडा गरी अफ्नो आसेपासेहरुलाई जमघट गरेको भेलालाई पार्टी प्रवेशको रुपमा चित्रण गरीएको प्रति खेद प्रकट गरेका छन् ।
पर्सा जिल्ला क्षेत्र न ४ अन्तर्गत पर्ने जगरनाथपुर गाऊपालिकामा नेकपाले आफ्नो आसेपासेलाई जमघट गरेको भेलालाई पार्टी प्रबेशको रुपमा विभिन्न मेडियाहरुमा नेपाली काग्रेसको ५० जना कार्यकर्ता पार्टी प्रबेश गरेको समाचार आएको प्रति खेट प्रकट गर्दे गल्त रहेको बताउनु भयो।
प्रसे विज्ञप्तीमार्फत अध्यक्ष यादवले नेपाली काँग्रेसको साधारण सदस्यता समेत नरहेको साथै मतदाता नमावलीमा पनि नामहरु नरहेको केही व्यक्तिहरु कोरोना माहामारीमा खसी काटी भोज गर्ने क्रममा जम्मा गरेको व्यक्तिहरु पर्टी प्रवेश गर्न आएका हुनकी भोजको लागि जमघट भएका हुन भने खोजविन गर्न पत्रकारहरुलाई आग्रह समेत गरेका छन्
नेपाली काँग्रेस प्रति आस्थावान कार्यकर्तालाई कसैले ललाई फकाई आफनो पक्षमा गर्न फलामको चिउरा चपाउन बरावर भएको उनको भनाई छ ।
जगरनाथपुर गाऊपालिकमा नेकपाका अध्यक्षले विकास निर्माणमा चरम लापरवाही, भ्रस्टाचारमा लिप्त जनप्रतिनिधिहरुको क्रियाक्लापलाई बकुला ध्यानबाट निगरानी गरिरहेको नेपाली काँग्रेसको कार्यकर्ताहरुको मनोबल र ध्यानलाई भटकाउनको लागि केही ब्यक्तिहरुलाई भोज भतेर गरि पार्टी प्रवेशको विभिन्न मेडियामा आएको समाचार गल्त रहेको पर्सा जिल्ला क्षेत्र नम्बर ४ का एकाई समितिका अध्यक्ष श्रिकान्त यादबले बताए।