नेपाल बैंक लिमिटेडको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने २ जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, असार ३० गते

जिल्ला प्रहरी कार्यालय कैलालीले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेका छ ।  टिकापुर नगरपालिका वडा नम्बर १ की ४४ बर्सिया महिलालाई १० लाख ठगी गर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताए ।

ठगीमा संलग्न दार्चुलाको लेकम गाउँपालिका १ का ३२ वर्षीय पदमराज भट्टलाई डोटीको पिपल्लाबाट र डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ की ३५ बर्सिया सन्जा कुमारी कठायत रोकायालाई डोटीबाटै पक्राउ गरिएको छ ।

नेपाल बैङ्क लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र,विभिन्न बैङ्क तथा आईएमईका भौचर समेत बरामद गरिएको छ । भट्टले आफू नेपाल बैङ्क लिमिटेडको शाखा अधिकृत भएको र आफ्नो घर धनगढी उपमहानगरपालिका ५ भएको भन्दै १० लाख दिएमा ३ करोड ५० लाख लोन पास गरी दिने भन्दै पीडित महिलालाई ठगी गरेका थिए ।

थप २ लाख माग गरेपछि संका लागे पछि महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी गरेकी थिइन। त्यस लगतै प्रहरीले उनीहरूलाई दुई जनालाई पक्राउ गरेको थियो ।

सअघि पनि पदम राज भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरण तथा जबरजस्ती चोरी मुद्रामा पक्राउ गरेको थियो । अन्य व्यक्तीहरुलाई समेत ठगेको हुन सक्ने भएकाले पीडितलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *