अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता जेठ ३० गते
बिजयनगर गाउँपालिकाका युवा समाजसेवी अब्दुल मोबिन खानले जगदीशपुर अवस्थित १० वटा सटरको ३ महिना को भाडा नलिने निर्णय गरेका छन ।
लकडाउनका बेला व्यवसाय नभएका कारण भाडा मिनहा गरेको बताए l समाजसेवी खानले प्रति सटर ३ हजार देखि ५ हजारसम्म पर्ने सबै पसलहरुको भाडा छुट गरेपछि पसलवाला हर्षात्साहित भएका छन । पालिका भित्र अन्य घरबेटीहरुले पनि लकडाउन अवधिभर को भाडा छुट गरे व्यवसायीहरुलाई केही राहत हुने समाजसेवी खान को तर्क थियो ।