बहादुरगंजमा बढ्यो मोटरसाईकल चोरी, चोरी मोटरसाईकल सहित एकजना पक्राउ

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता साउन २१ गते

कपिलवस्तुमा मोटसाईकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । केहि समय अघि जिल्लाका विभिन्न ठाउँबाट एक दर्जन भन्दा बढी मोटसाईल चोरी भए पश्चात प्रहरीले सक्रियता देखाएको छ , चोरी केहि कम भएपनि फेरी चोरी गर्ने चोरहरु भने फेरी संक्रिय भएका छन  ।

मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ प  १९६२,लु ५६ प ९३७७,लु २ प  २१८९ नम्बरका मोटरसाईकल चोरी भएका हुन ।

चोरी भएपछि मोटरसाईकल धनिले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तिनवटै मोटरसाईकल फेला परेको छ । कृष्णनगर नगरपालिका वडा नं ८ जमुनीबाट एउटा,देवानगढीयाबाट  एउटा र कृष्णनगर नगरपालिका वडा ७ सुखरामपुरबाट  एउटा मोटरसाईकल फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन ।

उक्त चोरीमा संलग्न भएका कृष्णनगर नगरपालिका वडा नं  ७ का बिसम्वर कुर्मीलाई पक्राउ गरि थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *