अनलाईन न्युजपाटी बिराटनगर, समाचारदाता, साउन २१ गते
धरानमा संक्रमणको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको बैठकको एक सातासम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ ।
आज बसेको कार्यपालिका बैठकले आज मध्यराती १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन लागु हुने निर्णय भएको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।
औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको पनि अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।
धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा फैलन नदिन लकडाउन गरिएको हो । यस अघि नै इटहरी, दुहबी, इनरुवा लकडाउन भएको छ ।