अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, साउन २६ गते
जनकपुरमा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ।बढ्दै गरेको कोरोना भाइरसको संक्रमण जोखिममा ध्यानमा राखेर धनुषा प्रशासनले निषेधाज्ञाको म्याद थप गरेको छ ।

थप गरिएको म्याद अनुसार अब जनकपुरमा साउन ३२ गतेसम्म नै निषेधाज्ञा कायम रहने छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले समय थप गर्ने निर्णय गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका र उत्तरमा महेन्द्रनगर बजारसम्मको क्षेत्रमा निषेधाज्ञा जारी रहनेछ ।
अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएका प्रजिअ भट्टराईले बताए ।