पोखरामा एक किलो २ सय ग्राम गाँजा सहित २ युवा पक्राउ

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, साउन २६ गते

एक किलो २ सय ग्राम गाँजा सहित २ युवा पोखरामा पक्राउ परेका छन् ।

शनिबार पोखरा महानगरपलिका-१० शिवमार्गबाट स्याङ्जा हरिनास गाउँपालिका-४ बाङगेश्वाराका २० वर्षीय जीत बहादुर विक तथा धादिङ सिद्धलेक गाउँपालिका-६ कुम्पुरका २३ वर्षीय रोहित घले पक्राउ परेका हुन् । हाल उनीहरु दुवै पोखरा-१० शिवमार्गमै बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *