धनुषा जिल्लाभरी भदौ ७ गते सम्मका लागि निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, भदौ १ गते

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइतबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताउनुभयो ।

यसअघि जनकपुरधाममा मात्रै रहेको निषेधाज्ञालाई धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लाभर विस्तार गरेको छ ।निषेधाज्ञाको समयमा बिहान १० बजेसम्म पसल खोल्न दिइने भएको छ ।

पसल खोल्दा, व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले जारी गरेको सूचनामा भनिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *