पूर्व भारतीय क्रिकेटर तथा मन्त्री चेतन चौहानको निधन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १ गते

कोरोनाबाट संक्रमित भारतको पूर्व भारतीय क्रिकेटर र उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । उत्तर प्रदेशका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए।

 ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेका छन् । चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन्

यसैगरी मुख्यमन्त्री योगीले चौहान जति चर्चित खेलाडी थिए, त्यति नै लोकप्रिय नेता थिए भनेका छन् । उनले चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *