अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ८ गते
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।
आज आठ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज कोरोनाबाट ज्यान आठ जना तिन महिला र पाँच पुरुषको निधन भएको छ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज सुनसरीका एक ६८ बर्सिय पुरुष ,मोरंगका एक ६५ बर्सिय पुरुष, पर्साकी एक ७० बर्सिय महिला ,काठमाडौँकी एक ४८ बर्सिय महिला, रुपन्देही कि एक ६७ बर्सिय महिला ,रुपन्देहीका तिन जना पुरुष ३८, ५३ र ५४ बसिय पुरुषको कोरोनाबाट ज्यान गएको जानकारी दिए ।