७३ बर्शिय वृद्ध महिलालाई ग्याँस-चुलो’उपहार दिएर समाजसेवी संगीताले मनाइन् जन्मदिन

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, भदौ ८ गते

हानकी एक समाजसेवी संगीता कर्माचार्यले आफ्नो जन्मदिनको उपलक्ष्यमा एकल महिलालाई ‘ग्याँस–चुलो’उपहार दिएर जन्मदिन मनाएकी छिन ।

संगिताकी जन्म २०२९ सालमा काठमाडौंको मरुटोलमा बुवा स्वर्गीय दुर्गानाथ कार्माचार्य र आमा स्वर्गीय उर्मिला कार्माचार्यकी कोखबाट जन्मेकी संगिता अहिले देश ब्यापि रूपमा नेपालको राजनीतिमा सक्रिय रहेकी छिन ।

उनले जन्मदिनमा मनाउन लाग्ने खर्च बराबरको ‘ग्याँस–चुलो’ खरिद गरी एक वृद्ध  ७४ वर्षीय गरीब महिला छोबीदेवी बंगालीनलाई उपहार दिएकी हुन् । लहान नगरपालिका ८ स्थित ४० बर्ष अगाडि देखि बंगालीन लहानस्थित शिव चौकको एक कठघरामा चिया पसल गरी गुजारा गर्दै आएकी छिन्।

 ब्योवृद्ध बंगालिन २० बर्ष अगाडि श्रीमान गुमाएकी हुन्। बंगालीनलाई एक छोरा र एक छोरी छ्न , छोरीको बिहे भए श्रीमानको घर गईन।

छोरा शम्भु बंगालिन बिगत १० बर्ष देखि वैदेशिक रोजगारीको लागी मलेसियामा बस्दै आएका छन् । शम्भुको श्रीमती माईतिको घरमा बस्दै आएका छन ।आमा छोबिदेबी बंगालिनलाई कसैले हेर्चा गर्दैन।

ब्योवृद्ध बंगालिनले भन्छन् श्रीमान दुदाखेरी केहि समस्या थिएन वहाँ बितनु भयो समस्या एकासी मेरोमा आईसक्यो। श्रीमान् दिगोन चन्द्र देब क्षयरोग बाट बर्सौ बर्ष देखि ग्रसित थिए । छोबि देबि बंगालीन अहिले ७३ बर्षकी छिन । नेपाल सरकारबाट दिने गरेको समाजिक सुरक्षा भत्ताको सहाराले बाचेकी छिन् ।

केही दिन अगाडि उनको कठघरामा रहेको ग्यास चुलो समेत चोरी भएपछि लकडाउनमा गुजारा चलाउन समस्या परेको थियो । समाजसेवी संगिताले यो कुरा थाहा पाएपछि आफ्नो जन्मदिनको अवसर पारेर ग्याँस चुलो उपहार दिइन् ।

 ‘ग्याँस–चुलो’पाएपछि उनी खुःशीले भइन् । ‘ग्याँस–चुलो’ बुझ्दै ति एकल महिलाले समाजसेवी संगीतालाई जन्मदिनको शुभकामना समेत दिइन् ।

समाजसेवी संगीता र उनका पति महेश चौधरी पछिल्लो समय  सिरहामा निकै चर्चामा आएका हुन्। लकडाउनबाट प्रभावित र हातमुख जोड्न समस्यामा परेका लहानका हजारौं गरिब दलितलाई राहत बाँडेपछि महेश र संगीता की जताततै ब्यापक चर्चा चलदै छन्।

लहानमा अहिले महेश र संगीतालाई ‘मस’जाडी भनेर चिन्न थालेका छन। केहि साता अगाडी काङ्ग्रेस नेता महेश चौधरीले सिरहाको लहान नगर पालिका २४ पंकीटोलको दलित बस्तीमा इनार निर्माण गरी आफ्नो जन्मदिन मनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *