मोरङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, भदौ ११ गते

मोटरसाइकल दुर्घटनामा परी मोरङमा १ जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ गछियामा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना२९प ६९५२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ ।

बाटो क्रस गर्दै गरेको साइकललाई मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

मोटरसाइकलले ठक्कर दिँदा साइकल चालक सुन्दहरैंचा–६ का २८ वर्षीय नवराज बराइली र पछाडि सवार ४५ वर्षीय डम्बर श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रेष्ठलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल ल्याइपु¥याएपछि चिकित्सकले मध्यान्ह १२ बजे मृत घोषित गरेका हुन् ।

दुर्घटनामा परेर मोटरसाइकल चालक बाराको सिमरा–८ का ४५ वर्षीय राजकुमार पुलामी मगर पनि गम्भीर घाइते भएका छन् । घाइते अवस्थाका साइकल चालक बराइली र मोटरसाइकल चालक मगरको विराट नर्सिङमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *