पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ११ गते

पोखरामा कोरोना भाइरस संक्रमणका कारण ३२ वर्षीय महिलाको मृत्यु भएको छ।

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -१२ चापापानी की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको  हो ।

भदौ ७ गते कोरोना पुष्टि भई अस्पताल भर्ना हुनुभएकी  उहाँको   प्रतिष्ठानको कोभिड-१९  उपचार केन्द्रको आइसीयुमा बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

उनलाई निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ। गण्डकी प्रदेशमा कोरोनाबाट  ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *