गण्डकी प्रदेशका ५ जिल्ला बाट थपिए २५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ११ गते

गण्डकी प्रदेशमा बिहीबार बिहान थप २५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान गण्डकी प्रदेशका  ५ वटा जिल्लाका थप २५ जनामा कोरोना सक्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका संक्रमितहरुमा बागलुङका ८, पर्वतका १, लमजुङका ४, तनहुँका ९, नवलपरासी (सुस्तापूर्व)का ३ गरी २५ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए

संक्रमितहरुमध्ये बागलुङका १ जना नेपाल प्रहरी, लमजुङका २ जना नेपाली सेना र १ जना नगरपालिकामा कार्यरत कर्मचारी रहेको डा. शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९७७ पुगेको छ भने निको हुनेको संख्या १ हजार ६६५ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *